सहकारी ठगी प्रकरणमा रवि लामिछाने न्यायिक हिरासतमा

२३ माघ २०८१, बुधबार १७:५१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ। साहारा चितवन सहकारी ठगी प्रकरणमा लामिछानेलगायत १५ प्रतिवादीको आजबाट बयान सुरु भएको थियो। बयानपछि सुरु भएको थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो।

सहकारी प्रकरणमा संलग्न भएको आरोप लागेका प्रतिवादीहरूमध्ये लामिछानेलगायतले बयान दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*