नागार्जुनका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

२७ माघ २०८१, आईतवार १६:४९

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध  भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले बस्नेतविरुद्ध ८ करोड ६९ लाख विगो मागदावी सहित आइतबार मुद्दा दायर गरेको हो ।

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बस्नेतले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेसँगै अनुसन्धान सुरु गरिएको थियो ।

यसअघि उनीविरुद्ध  ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले मुद्दा चलाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*