सुन मूल्यमा गिरावट, अब प्रतितोला कति ?

३० माघ २०८१, बुधबार १०:३९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य बुधबार घटेर एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*