आइपीओ निष्काशनको तयारीमा रहेको दोर्दी खोला हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा

४ आश्विन २०७८, सोमबार ११:५१

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा असोज ६ गते बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

उक्त सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक बर्षको लागि लेखापरिक्षकको नियुक्त र पारीश्रमिक निर्धारण गर्न प्रस्ताव पनि पारित गर्नछ ।

त्यस्तै, कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बोर्डबाट अनुमति पाएपश्चात कम्पनीले आईपीओ निष्कासनका गर्नेछ । कम्पनीले निष्कासन गर्ने आईपीओलाई एक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गर्न छ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*