सानिमा माई हाइड्रोपावरको १५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?

१ मंसिर २०८३, मंगलवार ०९:२९

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको कात्तिक २७ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/०८३ को तर्फबाट लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ।

उक्त घोषित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भई अब बस्ने कम्पनीको १५औं वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*