प्रोटिन सुरक्षाका लागि आवश्यक कानुन बनाउँछौंः मन्त्री पौडेल

१६ फाल्गुन २०८१, शुक्रबार ११:००

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन सुरक्षाका लागि कानुन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सुझाव पेश गर्न सरोकारवालालाई आग्रहसमेत गरे।

विश्व प्रोटिन दिवसको अवसरमा राइट टु प्रोटिन नेपाल, नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन, नेपाल ह्याचरी एसोसिएसन, नेपाल लेयर्स पोल्ट्री फार्मर्स एसोसिएसन, पशुपन्छी औषधी व्यवसायी संघ नेपाल तथा युसेकको संयुक्त आयोजनामा बिहीबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा समेट्नु पर्ने कुरा धेरै रहेको र त्यसमध्ये प्रोटिन सुरक्षा पनि एक भएको बताए।

‘संवैधानिक व्यव्यवस्थालाई कार्यान्वयन गर्न स्वास्थ्य बिमा महत्त्वपूर्ण छ, यसबाट नागरिकको निःशुल्क उपचार सुनिश्चित हुन्छ, प्रोटिन सुरक्षाको कुरालाई पनि यसमा जोड्न सकिन्छ,’ उनले भने।

त्यस्तै मन्त्री पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बीमामा जोड्नुपर्ने बताएका छन्। नागरिकलाई निरोगी बनाउन उपचारात्मक पद्धतिभन्दा पनि निरोधात्मक पद्धतिलाई ध्यान दिनुपर्ने बताए।

हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन र निरोगी बनाउन नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*