नागरिक लगानी कोषमा सहभागीलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा छुट

१९ फाल्गुन २०८१, सोमबार १२:४२

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, शेयरधनी र कर्मचारीहरूले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट पाउने भएका छन्।

आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा. रबि मल्लले छुट सम्झौतामा हस्ताक्षरण गरेका हुन्।

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, शेयरधनी तथा कर्मचारीले उक्त छुट पाउने भएका छन्। छुटको लागि कोषको परिचय पत्र वा सहभागी परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*