पूर्वयुवराज पारस शाहलाई हृदयघात, नर्भिक अस्पतालमा भर्ना
१९ फाल्गुन २०८१, सोमबार १५:१८

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरेको हो ।
पारसलाई चौथो पटक हृदयघात भएको हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो ।













