एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर पुनः लिलामीमा

६ आश्विन २०७८, बुधबार ११:४६

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले एक सूचना जारी गर्दै एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट र आरएमडिसि लघुवित्तको संस्थापक शेयर आजदेखि पुनः लिलामीमा ल्याएको जनाएको हो ।

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको न्यूनतम मूल्य प्रतिकित्ता ५३९ मा ३ लाख ६५ कित्ता, मेरो माइक्रोफाइनान्सको न्यूनतम मूल्य प्रतिकित्ता ४९७ मा ८४ हजार ८२९ कित्ता र सिटिजन इन्भेष्टमेन्टको प्रतिकित्ता ११९७ मा ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर असोज १५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने गरी लिलामीमा ल्याएको हो ।

आवेदकले यी तिनै कम्पनीको शेयर खरिद गर्नको लागि सो वा सो भन्दा बढी मूलइ अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

मेरो माइक्रोफाइनान्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको शेयर खरिदका लागि न्यूनतम १०० कित्ता र आरएडिसी लघुवित्तको शेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

आवेदनका लागि सम्पूर्ण कागजात खुलाई कम्पनीको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौं दिनुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*