सुन व्यवसायीको आन्दोलन देशभरी चर्किदै, आन्तरिक राजश्व कार्यालय अगाडि धर्ना

२३ असार २०८२, सोमबार १६:५६

काठमाडौं । सुन व्यवसायीहरुको आन्दालनले देशभरी उग्र रुप लिदै गइरहेको छ । सरकारले लगाएको करको विरोधमा विराटनगरका सुनचाँदी व्यवसायीले आन्तरिक राजश्व कार्यालयअगाडि धर्ना दिएको छ।  मोरङ र सुनसरीका सुन व्यवसायीले सोमबार लगाएको करलाई अव्यावहारिक रहेको जनाउँदै धर्ना दिएका छन्।

धर्नाका क्रममा नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभुषण साहले सरकारले कर निति संशोधन नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताए। अध्यक्ष साहले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा पथ्यरमा लगाइएको १३ प्रतिशत भ्याट अविलम्ब खारेज हुनुपर्ने बताए।

सरकारले सुनचादीको कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्न माग गर्दै अध्यक्ष साहले सुनको भन्सार ६ प्रतिशत कायम राख्नुपर्नेमा जोड दिए।

नेपाल सुन–चाँदी व्यवसायी संघ उर्लाबारीका अध्यक्ष अशोक धिमालले सुन चाँदी ब्यवसायलाई मास्ने गरि सरकारले कर थोपरेको गुनासो गरे। विराटनगरको, ठाकुरवाडी रोडस्थित नेपाल सुन–चाँदी व्यवसायी संघ विराटनगर मोरङको कार्यालय क्षेत्रबाट व्यवसायीले र्‍याली निकाल्दै आन्तरिक राजश्व कार्यालय विराटनगर पुगेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*