ज्योति लाइफ इन्स्योरेन्सले मृतकको परिवारलाई दियो ११ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका अवसरमा दुर्घटनाबाट मृत्यु भएका आफ्ना तिनजना बिमितको परिवारलाइ ११ लाख ७७ हजार ४ सय त्रिचालीस रुपैया हस्तान्तरण गरेको हो ।
पर्वतको कुशमा नगरपालिका–३, दुर्लुङमा जेठ १७ गते राती गएको पहिरोमा परि मृत्यु भएका स्थानीय राम प्रसाद शर्मा(माधब) का एक छोरा एक छोरी र श्रीमतिको नाममा ज्योती लाइफ इन्स्योरेन्स कम्पनिमा बिमा गरेका थिए । सो बिमा बापतको रकम एक कार्यक्रमका बिच कम्पनिले पीडित राम प्रसाद शर्मा(माधब) लाई हस्तान्तरण गरेको हो ।
सो अवसरमा कम्पनिका धौलागिरी एरिया प्रमुख मेघराज खड्काले जीवन बिमा गरेर भैपरी आउने जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने बताए ।कार्यक्रममा कुश्मा नगरपालिका–३, दुर्लुङ का वार्ड अध्यक्ष तेज प्रसाद पाध्या, पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाग्लुङका अध्यक्ष रामशरण पोख्रेल, समाजसेवी आरसी पौडेल, ज्योति लाइफका कुश्मा शाखा प्रबन्धक राजन केसि लगायतले जीवन बिमाको बारेमा प्रष्ट पारेका थिए ।
कम्पनीका धौलागिरी एरिया प्रमुख मेघराज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कम्पनीका बाग्लुङ शाखा प्रबन्धक संजय शर्मा र संचालन एजेन्सी म्यानेजर नारायण प्रसाद शर्मा ले गरेका थिए ।












