ब्याजदर कोरिडोरको सीमा घटाइयो

२७ असार २०८२, शुक्रबार १३:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदरलाई ६ प्रतिशतमा झारिएको छ । केन्द्रिय बैंकले शुुक्रबार ल्याएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त बैंकदर लागु हुने भएको हो ।

बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत बनाईएको छ भने निक्षेप दर पनि ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत बनाईएको छ । त्यस्तै, नीतिगत दर पनि ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*