नागढुंगा सुरुङमार्ग छिर्ने वित्तिकै पैसा लाग्ने, बसलाई २६० र कारलाई ६५ रुपैयाँ, अन्य कुनलाई कति ?

२९ श्रावण २०८२, बिहीबार १७:३५

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नागढुंगा सुरुङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित गरेको छ । मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकको निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी दिएका हुन् ।

सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले बैठकले नागढुंगा सुरुङ मार्गको उपभोग दस्तुर तोक्ने सहितका १८ वटा निर्णय सार्वजनिक गरेका हुन्। जसअन्तर्गत सडक विभागले तयार पारेको उक्त निर्देशिकामा नागढुङ्गा सुरुङ मार्गको उपभोग दस्तुर तोक्ने सम्बन्धमा कार भ्यानहरूले काठमाडौं आउँदा ६५ र जाँदा ६० रुपैयाँ तिर्नुपर्ने छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार मिनी बस र ट्रकले काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ तिर्नु पर्ने छ । यस्तै, बस र ट्रकका लागि काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ तोकिएको छ भने भारी उपकरणका सवारी साधनले काठमाडौं आउँदा ६०० र जाँदा २५० तिर्नुपर्ने छ।

मोटरसाइकल र डिजेल, पेट्रोललगायत प्रज्वलनशील इन्धन बोक्ने गाडीले भने सुरुङ मार्गमा प्रवेश गर्न नपाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*