प्रतिकित्ता १०० देखि ३७५ रुपैयाँसम्म ४ कम्पनीको शेयर लिलामीमा, सबैले किन्न पाउने

काठमाडौं । विभिन्न ४ वटा कम्पनीहरूले फरकफरक मूल्यमा एकैपटक २ लाख ६५ हजार ७२० कित्ता संस्थापक शेयर लिलामीमा राखेका छन्।
जसमध्ये नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ हजार ३१५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा, मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ७२ हजार ३७२ कित्ता शेयर प्रतिकित्ता ३०० रुपैयाँमा बिक्रीमा राखेका छन्।
त्यस्तै कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ हजार ९६८ कित्ता शेयर प्रतिकित्ता ३३० रुपैयाँमा र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता शेयर प्रतिकित्ता ३७५ रुपैयाँमा बिक्रीमा राखेका हुन्।
यीमध्ये मेरो माइक्रोफाइनान्स र स्वावलम्बन लघुवित्तको कम्तीमा ५ हजार कित्ता, कालिका लघुवित्तको कम्तीमा १ हजार कित्ता र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ। अधिकतममा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।
यो शेयर खरीदका लागि संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघसंस्था सबैले बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र भदौ २४ गतेभित्र पेश गरिसक्नु पर्नेछ। बोलपत्र फाराम काठमाडौंको नक्साल, नारायणचौरस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा पाइनेछ।













