बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ३० अर्ब खिच्दै
४ भाद्र २०८२, बुधबार १०:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकका अनुसार यो रकम भदौ २९ गतेसम्मका लागि लिइनेछ ।
अनलाइन प्रक्रियामार्फत मध्यान्ह ३ बजेसम्ममा बोलकबोलका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । घटिमा १० करोड र बढीमा पाँच करोड रुपैयाँका दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था राष्ट्र बैंकले जनाएको छ ।
यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्र सहभागी हुन पाउने छन् ।












