एभरेस्ट हस्पिटलले दोरम्बाका बिरामीलाई ३७%सम्म छुट दिने

५ भाद्र २०८२, बिहीबार १४:०३

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरमा सञ्चालित एभरेस्ट हस्पिटलमा उपचार गर्दा रामेछापको दोरम्बाका स्थानीयलाई भारी छुट दिने सम्झौता भएको छ । हस्पिटल व्यवस्थापन र नेकपा (माओवादी) दोरम्बा शैलुङ काठमाडौँ सम्पर्क समिति बिचमा ३७ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

संझौतापत्रमा सम्पर्क समितिका अध्यक्ष होमबहादुर नगरकोटी, सचिव सुशील चौलागाईं र अस्पतालको प्रशासकीय प्रमुख दीपक चन्द्र बरालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दोरम्बा शैलुङ गाउँपालिकामा स्थायी बसोबास गर्नेहरूलाई ३७ प्रतिशत छुटमा उपचार सुविधा दिइने अस्पतालका प्रशासकीय प्रमुख दीपक चन्द्र बरालले बताए ।

बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको सम्पर्क समितिका सचिव सुशील चौलागाईंले बताए । उनले भने, ‘इनहाउस, ओटी, फार्मेसी र रिफर लगायतका शीषर्कमा ३७ प्रतिशतसम्म छुटको व्यवस्था गर्नेगरी सम्झौता भएको छ ।’ छुट सुविधा पाउन बिरामीहरूलाई सो गाउँपालिका स्थायी ठेगाना खुल्ने नागरिकता र सम्पर्क समितिको सिफारिस आवश्यक पर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*