बागलुङमा विद्यार्थी बोकेको ईभी भ्यान दुर्घटना, ६ जना घाइते

६ भाद्र २०८२, शुक्रबार १२:४८

काठमाडौँ । बागलुङमा विद्यार्थी बोकेको ईभी भ्यान दुर्घटनामा परेको छ । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहाने गलकोट बहुमुखी क्याम्पसको ईभी भ्यान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरिक्षक देवराज काफ्लेले बीमापोष्टलाई बताए ।

हरिचौरबाट हटिया जाँदै गरेको क्याम्पसको ग१झ ७४३ नं को भ्यान दुर्घटनामा परेको हो । दुर्घटनामा १८ वर्षीया सुस्मिता बिक, १८ वर्षीया प्रमिला बिक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते छन् ।

घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*