नाडाको गरिमा बढाएका भिन्टेज कारमा अवलोकनकर्ताको आकर्षण (तस्बिरहरू)
६ भाद्र २०८२, शुक्रबार १६:४५

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो २०२५ मा फ्लाइङ कार, चार पांग्रे, दुई पांग्रे सवारीसाधन सँगै भिन्टेज कार पनि प्रदर्शनमा राखिएका छन् ।
अटो शोमा थुप्रै आकर्षण रहेका छन् । तर, यी भिन्टेज कारहरुले भने नेपालमा अटो व्यवसायको सुरुवात र इतिहासलाई ताजा बनाएको छ । अवलोकनकर्ताहरुले भिन्टेज कारहरुको निकै खुलेर तारिफ गरिरहेका छन् ।
यी कार व्यवसायी राजबहादुर शाहका हुन् । नाडामा राखिएका ९ वटा भिन्टेज कार बिक्रीका लागि भने राखिएका होइनन्, अवलोकनका लागि मात्र राखिएका हुन् ।
तस्विरहरुः राजन कठायत, बीमापोष्ट डटकम

















