आरम्भ चौतारी लघुवित्तद्वारा देशभर १३५ शाखा कर्मचारी लक्षित ‘व्यवसायिक वृद्धि तालिम’ भव्य रुपमा सम्पन्न

६ भाद्र २०८२, शुक्रबार १७:२२

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय बनेपाको आयोजनामा सबै प्रदेशहरुमा ‘प्रोफेशनल ट्रेनिङ फर कम्प्रेसीभ बिजनेश ग्रोथ’ तालिम सम्पन्न भएको छ । २०८२ साउन १६ गतेबाट कोशि प्रदेशको ईटहरी बाट शुरु गरीएको तालिम कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा गएर समापन गरिएको छ । सवै स्थानमा आयोजना भएको ‘प्रोफेशनल ट्रेनिङ फर कम्प्रेसीभ बिजनेश ग्रोथ’ तालिम कार्यक्रममा १३५ वटै शाखाहरुमा कार्यरत सबै कर्मचारीहरु तथा प्रदेशहरुमा कार्यरत २२ जना कार्यक्रम अधिकृतहरु गरी ४७२ जना कर्मचारी सहभागी भएका थिए ।

तालिम कार्यक्रममा प्रभावकारी केन्द्र संचालन प्रकृया, प्रभावकारी तथा ग्राहक मैत्री कर्जा असुली वातावरण निर्माण, ग्राहक सदस्य संग सुमधुर सम्वन्ध विस्तार तथा गुनासो सुनुवाई, वित्तीय चेतना अभिमुखीकरण, लेखा प्राणालीमा सुधार, परियोजना निरीक्षण प्रकृया तथा प्रभावकारी कर्जा विश्लेषण, धितो दिने जग्गाको पहिचान तथा मूल्यांकन प्रकृया र गुणस्तरीय कारोवार बृद्धि सम्वन्धमा तालिम लक्षित गरिएको थियो । ईटहरी, वर्दिवास, सौराहा, पोखरा, लुम्विनी, नेपालगञ्ज र सुर्खेतमा सम्पन्न भएका तालिम कार्यक्रमहरु संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले समुद्घाटन गरेका थिए । समारोहमा सहायक महाप्रवन्धक मनरुपा पौडेल तथा सबै विभागीय प्रमुखहरुको उपस्थिीती रहेको थियो भने कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटीले स्वागत मन्तव्य र प्रमुख व्यापार अधिकृत चन्दन कुमार सरदारले कार्यक्रमको संचालन गरेका थिए ।


लुम्विनी प्रदेशको लुम्विनीमा आयोजीत कार्यक्रमलाई यसै संस्थाका संचालक समितीका सदस्य गोपाल प्रसाद वश्यालले सम्वोधन गर्दै संस्थालाई लघुवित्त क्षेत्रमा अव्वल संस्थाको रुपमा स्थापित गर्न प्रमुख कार्यकारी अधिकृतले महत्वपूर्ण भुमिका निर्वाह गरेको र संस्थाले आगामी दिनमा राम्रो प्रतिफल दिने बताए । कार्यक्रममा गत आर्थिक वर्षमा शत्प्रतिशत लक्ष्य पुरा गरेका शाखाहरुलाई वधाई ज्ञापन गर्दै शत्प्रतिशत लक्ष्य पुरा गर्न नसकेका शाखाहरुले आगामी दिनहरुमा जिम्मेवार, कर्तव्यनिष्ठ, सकारात्मक उर्जा लिएर कार्य गर्न निर्देशन दिए । शाखामा कर्मचारीहरुले मिलाएर काम गरेमा जस्तोसुकै काम गर्न सफल हुने बताउदै प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले हिम्मत गरेर सही काम र सवैले चिन्ने काम गरे अवश्य सफल भईन्छ भनी सकारात्मक उर्जा प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशिक्षक सहायक महाप्रवन्धक मनरुपा पौडेलले गत आर्थिक वर्षको समिक्षा र व्यवसायिकरण, नेपाली लघुवित्त क्षेत्रहरुमा संस्थाको वर्तमान अवस्था र गुणस्तरीय व्यवसाय बृद्धि गर्ने रणनिती, लेखा प्राणलीमा देखीएका समस्याहरु सहजीकरण तथा कर्मचारीहरुलाई उत्प्रेणा सम्बन्धि विषयमा प्रशिक्षण दिएको, प्रशिक्षक मुख्य व्यापार अधिकृत चन्दन कुमार सरदारले कर्मचारी व्यवस्थापन, कर्मचारी आचार संहिता, संस्थागत जोखीम न्यूनीकरण, कर्मचारीको काम, कर्तव्य र जिम्वेवारी सम्वन्धि विषयमा प्रशिक्षण दिनुभएको र प्रशिक्षक कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटीले नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई जारी गरेका निर्देशनहरु, यसै आर्थिक वर्षदेखी लागु भएको आधार दर र व्याजदर निर्धारण प्रक्रिया तथा अफर लेटरको कार्यान्वयन सम्वन्धि, कर्जा चक्र र गुणस्तरीय व्यवसाय बृद्धि सम्वन्धी तथा कर्जा स्विकृती प्रकृयामा देखीएका समस्या तथा समाधानको विषयमा प्रशिक्षण दिएका थिए ।

सवै प्रदेशमा संचालन भएको तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले कर्मचारीको उच्च मनोवल बृद्धि गराउन आफु सधै लागी पर्ने बताए । संस्थागत हितको लागी सबै कर्मचारी एकतावद्ध भएर काम गर्नुपर्ने वताउंदै संस्थागत अनुशाशन भंग गर्ने जो कोहीलाई छुट नहुने बताए । कार्यक्रममा आर्थिक वर्ष २०८२/२०८३ वार्षिक योजनाका बारेमा सूचना प्रविधी विभागमा कार्यरत राम प्रसाद पौडेलले डाटा प्रस्तुतीकरण र कार्यक्रमको संचालन टोप बहादुर रास्कोटीले गरेका थिए ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रदेश, ५३ जिल्लाहरुमा १३५ शाखा कार्यालयहरुको सञ्जाल मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा वसोवास गर्ने गरिब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ विना धितोमा तथा धितो कर्जा लगानी गर्नुका साथै व्यावसायिक सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौद्धिक विकास गर्दै आईरहेको छ । २०८२ आषाढ मसान्तसम्ममा १ लाख ३ हजार सदस्य मार्फत १ अर्व ९० करोड बचत संकलन गरी ३३ हजार ऋणी मार्फत ५ अर्ब ३३ करोड कर्जा प्रवाहा भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*