नारायणी विकास बैंकको शेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

९ भाद्र २०८२, सोमबार ०८:२६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन गरेको छ।

बैंकले शतप्रतिशत (१००%) हकप्रद शेयर निष्कासनका लागि आज एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले हिजो कारोबार समयपछि मूल्य समायोजन गरेको हो।

मूल्य समायोजनपछि बैंकको शेयरमूल्य प्रतिकित्ता ७१८.३३ रुपैयाँमा झरेको छ। हिजो कारोबार समयपछि (समायोजन हुनुअघि) बैंकको शेयरमूल्य प्रतिकित्ता १,३३६.६५ रुपैयाँ थियो।

यससँगै भोलि यस बैंकको शेयर प्रतिकित्ता ७१८.३३ रुपैयाँमा कारोबारमा आउनेछ। यस बैंकले १ बराबर १ को अनुपातमा भदौ ८ गतेसम्म कायम शेयरधनीहरूका लागि २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*