आज हरितालिका तीज मनाइँदै

१० भाद्र २०८२, मंगलवार ०६:४७

काठमाडौं । हिन्दू महिलाहरूले आज हरितालिका तीज पर्व धुमधामका साथ मनाउँदै छन्।

भगवान् शिव र पार्वतीको आराधना गर्दै मनाइने यो पर्व विशेषगरी अविवाहित महिलाले योग्य वर पाउन र विवाहित महिलाले पतिको दीर्घायु तथा परिवारको समृद्धिका लागि व्रत बसेर पूजा गर्ने परम्परा रहिआएको छ।

तीजको दिन बिहानै स्नान गरी रातो पहिरन धारण गर्ने र व्रत बसेर भगवान् शिव–पार्वतीको आराधना गर्ने चलन छ। काठमाडौं उपत्यका सहित देशभरका शिव मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको विशेष भीड देखिएको छ।

परापूर्वकालमा पार्वतीले शिवलाई पतिको रूपमा पाउन तपस्या गरेकी थिइन् र फलस्वरूप उनले भगवान शिवलाई पतिको रूपमा पाएकी थिइन्। त्यसैले तीजलाई पावर्तीले भगवान शिवलाई प्राप्त गरेको दिनको स्मरण मनाइने गरिएको मान्यता रहीआएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*