असोज १ गतेभित्र इम्बोस्ड नम्बर जडान नगरे पनि जरिवाना नलाग्ने

काठमाडौं । असोज १ गतेभित्र सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना लाग्ने भन्ने हल्ला गलत भएको छ। यातायात व्यवस्था विभागले मंगलबार विज्ञप्ति जारी गर्दै तत्काललाई कुनै किसिमको जरिवाना वा कारबाही नहुने स्पष्ट पारेको हो।
विभागले सबै सरकारी, निजी तथा सार्वजनिक सवारीसाधनमा क्रमशः इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय भएको तर ‘असोज १ गतेदेखि जडान नगरे तुरुन्त जरिवाना हुन्छ’ भन्ने भ्रम फैलिएको भन्दै त्यस्तो हल्लामा नलाग्न अनुरोध गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारीसाधनहरूमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्डजरिवाना नगरिने व्यहोरा स्पष्ट पारिन्छ।’
यस्तै विभागले वाहनधनीलाई आफूलाई अनुकूल समयमा सवारी दर्ता भएको यातायात कार्यालयमा गई स्वस्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरेको छ।
99cf0bb1-ec0a-4c45-879d-95a1e1f3e4e8_1












