सुनको मूल्य तोलामा दुई लाख नजिक, बुधबार कतिमा हुँदैछ कारोबार ?

११ भाद्र २०८२, बुधबार १०:३८

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा दुई लाख नजिक पुगेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*