प्रभु बैंकका ग्राहक र कर्मचारीलाई मुस्ताङको मार्फा प्यालेसमा छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीहरूले मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर–२ मार्फास्थित मार्फा प्यालेस होटलमा विशेष छुट पाउने भएका छन्।
बैंक र उक्त प्यालेसबीच भएको एक सम्झौता अनुसार प्रभु बैंकमा खाता भएका ग्राहकहरू र प्रभु बैंकमा कार्यरत कर्मचारीहरूले उक्त प्यालेसमा विशेष छुट प्राप्त गर्नेछन्।
उक्त सम्झौतापत्रमा मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल (ओनर) र प्रभु बैंकका तर्फबाट जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार स्याउको राजधानीको रूपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइ, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ।
प्रभु बैंक र मार्फा प्यालेस होटलबीच भएको योे साझेदारीले मुस्ताङको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंकका ग्राहकहरू पनि लाभान्वित हुने विश्वास बैंकले लिएको छ।












