अनियन्त्रित मोटरसाइकलले ट्याक्सीसँग ठक्कर, चालक केभी गुरुङको मृत्यु

११ भाद्र २०८२, बुधबार १४:४३

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–३, चपली चोक क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा २८ वर्षीय केभी गुरुङको मृत्यु भएको छ। उनी बुढानीलकण्ठकै भंगालका बासिन्दा थिए।

घटनामा संलग्न बागमती प्रदेश ०२ (०५० प ०७८९) नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति करिब सवा ९ बजे दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलले बा२ज ४९११ नम्बरको ट्याक्सीसँग पनि ठक्कर खाएको थियो।

गम्भीर घाइते भएका केभीलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। पछि थप उपचारका लागि हेम्स अस्पताल, मण्डिखाटार पठाइए पनि बुधबार बिहान उपचारकै क्रममा उनको मृत्यु भयो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*