स्वास्थ्य बीमाको १ अर्बमाथिको रकम नपाँउदा भरतपुर अस्पताल सञ्चालनमै समस्या, बोर्ड मौन

१२ भाद्र २०८२, बिहीबार १६:३३

काठमाडौं । स्वास्थ्य बीमाले समयमा अस्पतालहरुलाई बीमा रकम भुक्तानी दिन नसक्दा अस्पतालहरु समस्यामा पर्ने गरेका छन्। पछिल्लो समय समयमा रकम भुक्तानी दिन नसस्क्दा आधाभन्दा बढी अस्पतालहरुमा व्यवस्थापकीय समस्या देखिन थालेका छन् ।

गत बर्ष अस्पतालहरुले यस बिषयमा खुलेरै विरोध गरेका थिए । कतिपय अस्पतालहरुरले बन्द गर्ने चेतावनी समेत दिएका थिए । यतिबेला बोर्डले कुन अस्पतालले बीमितलाई कस्तो सेवा सुविधा दिएको छ भन्दा पनि कुनलाई कति दिनुपर्ने छ भन्दै औला गन्न बाध्य छन् । बोर्डको बीमा रकममा सुस्तताको कारण अस्पतालहरुले बीमितलाई गर्ने व्यवहारमा समेत परिर्वतन आएको भरतपुर अस्पतालमा सेवा लिने बीमितहरुले बताएका छन् ।

बोर्डको सुस्तताको कारण भरतपुर अस्पतालले स्वास्थ्य बीमाबापत् प्राप्त गर्नुपर्ने रकम १ अर्ब रुपैयाँ नाघेको छ। गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन देखिन थालेको छ । स्वास्थ्य बीमाको कारण अस्पताल व्यवस्थापनमा समस्या आँउदा पनि स्वास्थ्य बीमा बोर्ड भने मौन नै बसीरहेको छ । अस्पतालकोतर्फबाट समस्या सुनाँउदा रकम निकासा चाडौ हुन्छ भन्ने आश्वासन मात्रै पाएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले बीमापोष्टलाई बताएका छन् ।

सङ्घीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य बीमा गरेका बिरामी उपचार गराउन आउनेको संख्या उल्लेख्य हुने गर्दछ। अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको ९० करोड रुपैयाँ भुक्तानी हुन बाँकी थियो। यस आर्थिक वर्षको साउनको मात्रै १० करोड रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ।

गत आर्थिक वर्षमा ४ लाख ४१ हजार ३०८ वटा फाइल दाबीका लागि पेस गरिएको छ। अस्पतालमा आउने ७० प्रतिशत बिरामी बीमाका हुने गर्दछन्। गत आर्थिक वर्षमा अस्पतालले अघिल्लो आर्थिक वर्षको ५५ करोड ५१ लाख ४४ हजार रुपैयाँ प्राप्त गरेको थियो।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले बीमामार्फत् पाउनु पर्ने रकम निकासा नहुँदा कर्मचारीलाई तलब दिन कठिन भएको बताए। उनले भने, ‘साउनको तलब बल्ल खुवाइयो, भदौको तलब खुवाउन सक्ने अवस्था छैन। अस्पतालका नियमित कामसमेत प्रभावित भएको भन्दै उनले बन्दै गरेको ट्रमा सेन्टर बजेटकै अभावमा रोकिएको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*