काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्जमा अवतरण
१२ भाद्र २०८२, बिहीबार १८:११

काठमाडौं । प्रतिकूल मौसमका कारण बुद्ध एयरको सुर्खेततर्फ उडेको जहाज नेपालगञ्ज डाइभर्ट भएको छ। बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेत जाने क्रममा उडान नम्बर १३७ को जहाजलाई वीरेन्द्रनगरमा अवतरण गर्न सकिने अवस्था नबन्दा दाङको तुलसीपुर आकाश हुँदै नेपालगञ्जतर्फ मोडिएको हो।
सुर्खेतमा निरन्तर वर्षासँगै दृश्यता कम भएपछि जहाज अवतरण सम्भव नभएकाले नेपालगञ्ज विमानस्थललाई वैकल्पिक गन्तव्यका रूपमा रोजिएको विमानस्थलले जनाएको छ। पछिल्लो एक घण्टामा सुर्खेतमा २७ मिलिमिटर वर्षा रेकर्ड भएको र मौसम अझै सुधार नआएको जानकारी दिइएको छ।













