नेपाल धितोपत्र बोर्डमा कर्मचारी माग (सूचना सहित)
१३ भाद्र २०८२, शुक्रबार ०७:५७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको छ।
बोर्डले सहायक निर्देशक ३ जना र वरिष्ठ सहायक २ जना गरी कुल ५ जना माग गरेको हो। सहायक निर्देशक अधिकृत तृतीय श्रेणीको पद हो भने वरिष्ठ सहायक सहायक प्रथम श्रेणीको पद हो।
तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आज भदौ १३ गतेदेखि असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर अजोज ९ गतेसम्म आवेदन दिन सक्नेछन्।
परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ भने उक्त परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ।












