एकैचोटी १२२ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
१३ भाद्र २०८२, शुक्रबार ११:१७

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैचोटी १२२ जना उपसचिवहरुको सरुवा गरेको छ । सरकारले देशका सम्पूर्ण स्थानीय तहहरुमा निमित्त अधिकृतको अन्त्य गर्ने उद्देश्यले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको हो ।
नयाँ मन्त्रीको रुपमा भगवति न्यौपाने आएसँगै कर्मचारी सरुवाको काम निकै द्रुत गतिमा अघि बढेको छ । सरकारले अधिकांश सह सचिवहरुलाई नगरपालिका, महानगरपालिकाहरुमा सरुवा गरिएको छ ।




















