साउन महीनामा निर्जीवन बीमकले गरे ४ अर्ब ३९ करोड बीमाशुल्क आर्जन, कुन कम्पनीले कति?

काठमाडौं । गत साउन महीनामा मात्रै १४ ठूला निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीहरूले ४ खर्ब ३९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ ठूला निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ र बाँकी ४ लघु निर्जीवन बीमा कम्पनीहरूले ७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्।
सबैभन्दा धेरै सलिकोले ४५ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने दोस्रोमा सिद्धार्थ प्रिमियरले ४१ करोड ७९ लाख रुपैयाँ र तेस्रोमा शिखर इन्स्योरेन्सले ४१ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
त्यसपछि दि ओरिएन्टल इन्स्योरेन्सले ४१ करोड ३७ लाख रुपैयाँ, हिमालयन एभरेष्टले ३६ करोड ५२ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३४ करोड ४१ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले ३३ करोड ८१ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ३२ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।














