निर्जीवन बीमकको व्यवसाय सामान्य बढ्योः सलिको र सिद्धार्थ अगाडी, ओरिएन्टल र एनएलजीको छलाङ

१३ भाद्र २०८२, शुक्रबार १३:१७

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा १० वटा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क आर्जन बढ्दा ४ वटा कम्पनीहरूको भने घटेको छ। नेपाल बीमा प्राधिकरणले आजै मात्रै सार्वजनिक गरेको तथ्यांक अुनसार गत वर्षको साउन महीनामा ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा यस वर्षको साउन महीनामा सामान्य बढेर ४ अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको हो।

सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा सलिको अग्रस्थानमा रहेको छ। यस कम्पनीले साउन महीनाभरी ४५ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने दोस्रो नम्बरमा सिद्धार्थ प्रिमियरले ४१ करोड ७९ लाख रुपैयाँको बीमाशुल्क संकलन गरेको छ।

त्यसैगरी शिखर इन्स्योरेन्सले ४१ करोड ५५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ४१ करोड ३७ लाख रुपैयाँ, हिमालयन एभरेष्टले ३६ कराड ५२ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३४ करोड ४१ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३३ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसपछि नेको इन्स्योरेन्सले ३२ करोड १ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले २९ करोड ६७ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २२ करोड ३६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २० करोड ७१ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले १६ करोड २७ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १२ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

वृद्धिदरका आधारमा
अघिल्लो वर्षको साउनको तुलनामा यो वर्षको साउनमा कम्पनीहरूको बीमाशुल्क आर्जन दाँजेर हेर्दा १० वटाको बढेको छ भने ४ वटाको घटेको छ। सर्वाधिक वृद्धि गर्नेमा ओरिएन्टल इन्स्योरेन्स रहेको छ भने यस कम्पनीले ४२.१५ प्रतिशतको छलाङ मार्न सफल भएको छ।

त्यस्तै एनएलजी इन्स्योरेन्सको ३७.७६ प्रतिशत, सानिमा जीआईसीको २१.६१ प्रतिशत, प्रभु इन्स्योरेन्सको २०.६१ प्रतिशत, यूनाइटेड अजोडको १६.७६ प्रतिशत, हिमालयन एभरेष्टको १२.०१ प्रतिशत, आईजीआईको १०.४४ प्रतिशत, नेशनलको १.३१ प्रतिशत र नेकोको ०.४१ प्रतिशतले वृद्धि भएको छ।

यता सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.७९ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को २७.८९ प्रतिशत, नेपाल इन्स्योरेन्सको २८.२२ प्रतिशत र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको ३६.०९ प्रतिशतले कुल बीमाशुल्क आर्जन घटेको तथ्यांकले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*