सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन चलखेल: नापी अधिकृतविरुद्ध करिब ६ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा मिलाउने काममा संलग्न नापी अधिकृतविरुद्ध पाँच करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ विगो माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अनुसन्धानका क्रममा आयोगले यादव कार्यालय प्रमुखको दरबन्दी रिक्त राख्ने, वैदेशिक अध्ययनमा गएका कर्मचारीको पद कायम गर्ने जस्ता पदाधिकारीहरूको प्रभावमा रहँदै दशौं वर्ष कार्यालय प्रमुख पदमा रहि सरकारी जग्गा व्यक्तिको नाममा मिलाउने गरी करौंडोको आर्थिक चलखेल गरेको थिए।
आयोगका अनुसार सार्वजनिक पद धारण गरेको २०५३ सालदेखि २०९१ सालसम्म यादवको कुल आय ९ करोड ३ लाख ९५ हजार ४४४ रुपैयाँ रहे पनि सोही अवधिमा उनले १४ करोड ८३ लाख ५७ हजार ८८४ रुपैयाँ बराबरको सम्पत्ति खर्च वा लगानी गरेका थिए। यसमध्ये पाँच करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँको स्रोत यादवले प्रमाणित गर्न सकेका छैनन्।
अख्तियारले उनका श्रीमती र छोराहरूको नाममा रहेको सम्पत्तिहरू पनि जफत गर्न अदालतमा माग गरेको छ।













