पेट्रोलियम पदार्थको मूल्य घट्यो

१५ भाद्र २०८२, आईतवार २१:०७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ ।

इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन गरेर पठाएको भन्दै निगमले खुद्रा मूल्यमा हेरफेर गरेको हो ।

निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ । पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*