पोखरामा इमेज बचत सहकारीले एक लाखमुनि बचतकर्ताको रकम फिर्ता गर्न सुरु

१६ भाद्र २०८२, सोमबार १५:३०

काठमाडौँ । इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाख रुपैयाँ मुनिका बचतकर्ताहरूको रकम फिर्ता गर्न सुरु गरेको छ।

सहकारीले पहिला बागलुङमा एक लाखमुनि बचत गरेका ६ सय १३ जनाको रकम फिर्ता गरिसकेको छ। हाल पोखरा शाखामा १५८ जना बचतकर्ताको रकम फिर्ता गर्न प्रक्रिया अघि बढाएको छ।

सहकारी पीडित संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीका अनुसार पोखरा शाखामा जम्मा ५२४ जना सदस्य छन्, जसमध्ये १५८ जनाको बचत रकम एक लाख रुपैयाँभन्दा कम रहेको पाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*