प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनवीच भेटवार्ता
१७ भाद्र २०८२, मंगलवार ०८:४७

काठमाडौं । एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो ।
वार्तामा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सम्बन्धबारे चर्चा गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सन् १९५६ मा नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल–रुस सीधा हवाई उडानदेखि आपसी सम्बन्ध थप सुदृढ गर्ने विषयमा कुरा राखेका थिए । जवाफमा रुसी राष्ट्रपति पुटिनले ठोस जवाफ नदिए पनि नेपाल–रुस दौत्य सम्बन्धको स्मरण गर्दै दुई देशबीच भूराजनीतिक र कूटनीतिक मतभेद नरहेको बताए ।
राष्ट्रपति पुटिनले रुस र नेपालबीच कहिल्यै कुनै समस्या नआएको भन्दै आपसी सहयोग थप विस्तार गर्न सकिने उल्लेख गरे ।













