धौलागिरी लघुवित्तको दुई लाख कित्ता शेयरको लक इन अवधि सकिदै

१७ भाद्र २०८२, मंगलवार १०:३६

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको दुई लाख दुई हजार पाँच सय कित्ता शेयरको लकइन अवधि सकिने भएको छ ।संस्थापक समुहको दुई लाख एक हजार र कर्मचारीहरुको १५ सय कित्ता शेयरको भदौ १९ गते लक इन अवधि समाप्त हुने भएको हो ।

संस्थाका अनुसार कम्पनी सञ्चालक समितिका पदाधिकारीहरु तथा व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले पदमा बहाल रहुन्जेल र अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म खरिद–बिक्री गर्न पाइने छैन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*