नेपाल लाइफ क्यापिटलद्वारा १२औं वार्षिक सभा आह्वान

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १० गते बसकेको सञ्चालक समितिको बैठकको निर्णयले सभा आगामी असोज १० गते काठमाण्डौको नक्सालमा होलिडे इन एक्सप्रेसमा सभा आयोजना गरिने भएको हो ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधन/थप माथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा संशोधन एवम् परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१–८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१–८२ को वासलात, नाफा नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचीमाथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव रहेको छ ।
साथै, सभामा आव २०८२–८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र्ने प्रस्तावहरु समेत पारित गरिनेछन् ।










