कामना सेवा विकास बैंकद्वारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

२२ भाद्र २०८२, आईतवार १७:२५

काठमाडौँ। कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिकवर्ष २०८१।८२ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५.७८९५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुलले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*