जंगीअड्डा बाहिर जेन जी युवाहरुको भिडभाड, सेनासँग गर्दै विवाद

२६ भाद्र २०८२, बिहीबार ११:२९

अपडेटः उक्त भिडले शुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै नाराबाजी गरीरहेका छन्

काठमाडौं । सरकारको नेतृत्वको विषयमा जंगीअड्डाभित्र जेन–जी पुस्ता र राष्ट्रपतिबीच वार्ता भइरहेको छ। तर, बाहिर ठूलो संख्यामा भिड बढेपछि सेनाले माइकिङमार्फत घर फर्कन आग्रह गरेको छ।

सेना मुख्यालयले अत्यधिक भीड व्यवस्थापन गर्न कठिनाइ देखिएपछि सर्वसाधारणलाई घर घर फर्कन अपिल गरेको हो। तर जेन–जी युवाहरू भने बाहिर निरन्तर वादविवाद गर्दै उपस्थित भइरहेका छन्।

जंगीअड्डाभित्र भइरहेको छलफल र बाहिर देखिएको तानातानले राजनीतिक अवस्थाप्रति व्यापक चासो बढाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*