बीमकले तत्काल अत्यावश्यक बाहेकमा सर्भेयर खटाउन नसक्ने, प्राधिकरणले सहज निकास खोज्दै

रिना खत्री
२६ भाद्र २०८२, बिहीबार १४:३३

काठमाडौं । जेन जी प्रदर्शनकारीहरुले गरेको क्षतीको सर्वेक्षण बीमा कम्पनीहरुले तत्काल अत्यावश्यक बाहेकमा गर्न नसक्ने भएका छन् ।

बीमा कम्पनीहरुमा आउने दाबीलाई कसरी सरलीकृत गर्ने भन्ने बिषयमा भने प्राधिकरण, बीमकहरुबीच छलफल भईरहेको प्राधिकरणले जनाएको छ ।

हुलदंगामार्फत दाबी आउने भएको कारण कसरी दाबी भुक्तानी गनेभन्ने बिषयमा बीमक, पुनर्बीमा र प्राधिकरणको छलफल समेत हुनुपर्ने भएको कारण केही समय लाग्ने प्राधिकरणले जनाएको छ।

तत्काल अत्यावश्यक बाहेकको क्षतीको मूल्यांकन मात्रै भएको निर्जिवन बीमक संघका अध्यक्ष विरेन्द्र वैद्ररवारले बताएका छन् ।
अझै पनि देशको परिस्थती शान्त नभई सकेको हुँदा बीमा कम्पनीहरुले क्षती भएका सम्पूर्ण स्थलहरुमा सर्भेयरहरु खटाउन नसकेको जनाइएको छ। अत्यावश्यक सर्भेयरमा खटिनुपर्ने स्थल बाहेकमा हाल सम्भव नरहेको सर्भेयर संघका अध्यक्ष मोहनपुरुष ढकालले बताएका छन्।

सेनाको कडाई र देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै हामीले तत्काल अत्यवाश्यक र पुग्न सक्ने स्थानमा काम गरिरहेका छौं, अध्यक्ष ढकालले बताएका छन् ।

बीमितले बीमा दाबी निवेदन दिएपछि बीमा कम्पनीहरुले सर्भे र सर्भेयरहरुलाई कार्यद्ेख गर्ने काम गर्दछ ।तत्पश्चात् सर्भेयरबाट क्षति मुल्यांकन सहितको सर्भे रिर्पोट प्राप्त भएपछि बीमा कम्पनीहरुले दाबी फछ्रयौटको कार्य अघि बढाउन सक्दछ । त्यसैले छिटो दाबी भुक्तानी प्राप्त गर्नका लागि बीमा सर्भेयरको रिर्पोट छिटो पेश हुन आवश्यक पर्दछ । तर हालको यस वस्थामा कम्पनीमा दाबीको लागि पेश गर्ने बीमितको नै कमी रहेको बीमक संघका अध्यक्ष विरेन्द्र वैद्ररवार बताएका छन् ।

काठमाडौंभित्रैका एनसेलका भवन, गाडीका सेरुम र केही मोटरको बीमा दाबीको लागि बीमितले दाबी गरेपनि अझै वास्तविक क्षतीको आँकलन भने गर्न नसक्ने वैद्ररवार बताँउछन् ।

बीमितहरुले सर्वेक्षण सम्पतिको पहिचान गर्ने, सम्पति माथि बीमितको अधिकार एकिन गर्ने, घटनाको सत्यता जाच गर्ने, घटनाले सम्पति माथि पारेको क्षतिको गहनता एकिन गर्ने, क्षति मुल्यांकनका आधारहरु खडा गरि सो अनुरुप जवाफदेही रुपमा क्षति मुल्यांकन गर्ने र विमित पक्षसंग छलफल गर्ने लगायत धेरै पक्षहरु समेटेर सर्भेयरले बीमकमाथि दावीको दायित्व स्थापित गर्नु पर्ने हुन्छ। यो अवस्थामा सम्भव नरहेको बीमाकर्मीहरु बताँउछन् ।

उल्लेखित पक्षहरु एकिन गर्न फिल्डमा फोटो खिच्ने, क्षतिको नापजाच गर्ने, बीमितसंग सोधपुछ गर्ने, सम्बन्धित अन्य व्यक्तिहरुसंग छलफल गर्ने, विमितसंग कागजातहरु माग गर्ने, कागजातहरु अध्ययन विश्लेषण गर्ने लगायत रिपोर्ट तयार पार्न आवश्यक अन्य विभिन्न कार्यहरु सर्भेयरले गर्नु पर्ने हुन्छ।

साथै सर्भेका दौरान नियामक निकायले विभिन्न बीमा पोलिसीहरु बारे जारि गरेका निर्देशिकाहरु समेत पालना गर्नु पर्ने हुन्छ जस्तै मोटर दावीका लागि समितिबाट जारि भएको १३८ पानाको मोटर बीमादर सम्बन्धि निर्देशिका २०७३ र सम्पति दावीका लागि समितिबाट जारि भएको ६४ पानाको सम्पति बीमा निर्देशिका २०७५ू आदि, साथै बीमा नियमावली २०४९ ले क्षति मूल्यांकनको निस्सा विमितलाइ दिनु पर्ने कार्यभार सर्भेयरलाइ दिएकोछ।

स्तरीय दावी भुक्तानी नीति लिएका बीमा कम्पनीहरुले क्षति मुल्यांकन रकममा बीमितको लिखित सहमति लिनु पर्ने कार्यादेश समेत गरेका हुन्छन। क्षति मुल्यांकन रकममा बीमितको सहमति प्राप्त गर्न सकसपूर्ण हुन्छ र बढी समय लाग्छ , यसरि बीमा सर्भे कार्य बहुआयामिक र चुनौतीपूर्ण छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*