दि ओरियण्टल इन्स्योरेन्स कम्पनीको बिज्ञप्ती, ‘दावी भूक्तानी तिर्न कम्पनी सक्षम’

२६ भाद्र २०८२, बिहीबार १६:१९

काठमाडौंं । दि ओरियण्टल इन्स्योरेन्स कम्पनीले आज एक बिज्ञप्ति जारी गर्दै बीमा दावी तिर्न समक्ष रहेको जनाउदै ठुला दावी पनि सरल र सहज रुपमा भइरहेको प्रष्ट पारेको छ ।

बिज्ञप्तिमा विगत ६७ वर्षदेखि नेपाली जनताको सेवामा कार्यरत कम्पनीले भुकम्प, बाढी पहिरो लगायतका अन्य प्राकृतिक प्रकोपको दावी तिरेको उल्लेख गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ, ‘देशभर घटेको प्रतिकूल परिस्थितिको कारणले भएको मानविय क्षति, सार्वजनिक सम्पत्तिको क्षति प्रति गहिरो दूख व्यक्त गर्दै मृतकका परिवडारजनप्रति गहिरो समबेदना ब्यक्त गर्दछौं । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछौं । यस असहज परिस्थितिको कारणले हून गएको व्यक्तिगत धनजनको क्षतिप्रति हाम्रा आदरणिय ग्राहक माहनूभावसंग एकबद्धता व्यक्त गर्दछौं । बिगत टढ वर्ष देखि नेपाली जनताको सेवामा कार्यरत यस कम्पनीबाट बिगत समयमा पनि भूकम्प, बाढी पहिरो लगायत अन्य प्राकृतिक प्रकोपको कार०ा भएका ठूल्ठूला क्षतिको दाबि भूक्तानी सरल तथा सिघ्र रुपमा हूदै आईरहेको जानकारी गर्दछौं ।’

साथै बिज्ञप्तिमा अन्य समयमा झै अहिलको कठिन समयमा पनि कम्पनीले आफ्ना बीमितहरुको सम्पत्तीमा पूग्न गएको क्षतिको दाबि भूक्तानी गर्न कम्पनी पुर्ण रुपमा सक्षम रहेको जानकारी गर्दै बीमा दाबी सम्बन्धि केही अनलाइन सञ्चार माध्यमहरुको समाचारको पछि नलाग्न भन्दै अपिल जारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*