दुई दिनपछि सडकमा देखिए ट्राफिक र प्रहरी

२६ भाद्र २०८२, बिहीबार १६:४४

काठमाडौँ । जेन जी आन्दोलनका कारण अस्तव्यस्त बनेको राजधानीको सडकमा फेरि ट्राफिक प्रहरी र नेपाल प्रहरी देखिन थालेका छन् ।

आन्दोलनका क्रममा प्रहरी र सशस्त्र प्रहरी (एपिएफ) का भवनमा आगजनी गर्नुका साथै कुटपिटसमेत भएपछि अवस्था नियन्त्रण गर्न नेपाली सेना सडकमा उतारिएको थियो । सेनाले दुई दिनसम्म सडक नियन्त्रणमा लिएपछि शुक्रबारदेखि फेरि ट्राफिक प्रहरी र नेपाल प्रहरी सडकमा सक्रिय भएका हुन् ।

सडकमा सवारीसाधनको चाप बढ्दै गएको अवस्थामा ट्राफिक प्रहरी सेनाको सहजीकरणका लागि खटिएका छन् । त्यसैगरी, सुरक्षात्मक व्यवस्थालाई मजबुत बनाउन नेपाल प्रहरीले राजधानीका विभिन्न चोक–चोकमा सुरक्षा तैनाथी बढाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*