राष्ट्रपति कार्यालयको वेभसाईट बन्द
२७ भाद्र २०८२, शुक्रबार ००:०५

काठमाडौं । केहीबेरदेखि नेपालको राष्ट्रपति कार्यालयको आधिकारिक वेभसाईट बन्द गरिएको छ । सर्भर डाउन वा अन्य कुनै समस्या आएको नभई एडमिनले नै सो वेभसाईट सार्वजनिक जानकारीको लागि नखुल्ने गरी बन्द गरिएको हो ।
शितल निवासस्थित राष्ट्रपति कार्यालय गत मंगलबार आगो लगाएको भएपनि वेभसाइट भने आज दिउँसोसम्म चलि रहेको थियो ।

राष्ट्रपति कार्यालयको आधिकारिक वेभसाईट नै बन्द गरिएकोले अब राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने निर्णयहरु सार्वजनिक हुने कठिन हुने भएको छ । यसअघि नयाँ मन्त्रिपरिषद गठन, प्रधानमन्त्री नियुक्ती तथा राजिनामाको बिषय यही वेभसाईटमा आउने गरेका थिए ।
जनहत्यको आरोप लागेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजिनामा स्वीकृत भएको सूचना समेत राष्ट्रपति कार्यालयले वेभसाइटमार्फ नै सार्वजनिक गरेको थियो ।













