जेनजी आन्दोलनमा क्षति भएको सम्पत्तिको बीमा दावी सहज बनाउने एनएलजी इन्स्योरेन्सको प्रतिबद्दता, कर्मचारीलाई सम्पर्क गर्न आग्रह

२७ भाद्र २०८२, शुक्रबार १०:४८

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानीलाई सरल र सहज रुपमा फछ्र्यौट गर्ने प्रतिवद्दता जनाएको छ ।

कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनले देशका विभिन्न स्थानमा भएका क्षतिको बीमा दावी सहज रुपमा भुक्तानी गरिने जनाएको छ ।

कम्पनीले बीमित सम्पत्ति क्षति भएको भएमा बीमा दावी प्रक्रियालाई सहज बनाउने उद्देश्यले तीन जना कर्मचारीहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ । पीडित बीमकले तोकीएका कर्मचारीहरुलाई सम्पर्क गरी बीमा दावी भुक्तानीलाई सहज रुपमा लिन कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*