सुनको मूल्य हालसम्मकै उच्च, शुक्रबार प्रतितोला कति ?
२७ भाद्र २०८२, शुक्रबार १०:३१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य प्रतितोला दुई हजार ५६५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।













