जेनजी प्रदर्शनमा क्षति व्यहोरेको भाटभटेनीको प्रतिबद्धता– ‘फेरि उठ्नेछौं’
२७ भाद्र २०८२, शुक्रबार ११:४९

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा सबैभन्दा बढी क्षति पुगेको भाटभटेनी सुपरस्टोरले पुनः अझ मजबुत भएर उठ्ने प्रतिबद्धता जनाएको छ।
बिहीबार एक भिडिओ सार्वजनिक गर्दै सुपरस्टोरले ग्राहक र उपभोक्ताको साथमा पुनः उभिने दृढता प्रकट गरेको हो।
बौद्धस्थित भाटभटेनी सुपरस्टोर जलिरहेको दृश्यसहितको भिडिओमा सुपरस्टोरले लेखेको छ– ‘भत्केको घरलाई उठाउनु छ माथि। टुगेदर वि विल राइज अगेन।’













