घर जलेको फोटो शेयर गर्दै गोल्छाले भने ‘अन्धकारपछि आएको उज्यालोले सबैलाई एकतामा बाँधोस्’

काठमाडौँ । देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने कामना गर्दै व्यवसायी शेखर गोल्छाले आशा व्यक्त गरेका छन्।
हालैको आन्दोलनका क्रममा केही व्यवसायीमाथि भएको आक्रमणले आफ्नो परिवार पनि प्रभावित बनेको उल्लेख गर्दै उनले निराश वा विचलित नभएको स्पष्ट पारेका छन्।
फेसबुकमार्फत आफ्नो जलेको घरको फोटो सार्वजनिक गर्दै गोल्छाले भनेका छन्– ‘देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझ सुदृढ होस् भन्ने चाहना राख्छु। हामी अझ सशक्त रूपमा रोजगारी सिर्जना र लगानी गर्न प्रतिवद्ध छौं।’
उनले अन्धकारपछि आउने उज्यालोले सबै नेपालीबीच सद्भाव र एकता कायम गर्न थप शक्ति प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन्।












