‘संसद विघटन नगर्ने राष्ट्रपति पौडेलको अडान, जेन-जीहरु सडकमा आउन तयार हुन आव्हान’

काठमाडौँ । सागर ढकालले राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गर्ने नमानेपछि आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिको कमदप्रति असन्तुष्टि व्यक्त गर्दै युवालाई तयार रहन आह्वान गरेका हुन् ।
उनी लेख्छन्, ‘प्रीय साथीहरु, राष्ट्रपतिले टेरेनन्, अब उनलाई टेर्ने बनाउन पर्ने भयो। नेपाली काँग्रेसको राष्ट्रपतिद्वारा अल्झाउने प्रयास भइरहेको छ। उहाँले जेन जी पुस्तालाई कमजोर बनाउन समय लम्बाउने काम मात्र गर्नुभएको छ। हाम्रो साथीहरुलाई छुट्टाछुट्टै राखिएको छ। राष्ट्रपति कार्यालयमा गएर हामी सबै मिलेर सेर बहादुरलाई समाते जस्तै अब राष्ट्रपतिलाई समातेर राख्नुपर्ने भएको छ। तयार हुनुहुन्छ नि युवाहरु?’
ढकालका अनुसार जेन जी पुस्ताको पहिलो माग स्पष्ट र सार्वजनिक रूपमा राष्ट्रपतिले लाइभ बसेर पूरा गर्नुपर्छ। उनले भनेका छन्, ‘संसद विघटन पछि अन्तरिम नागरिक सरकार। अरु माग यसपछि।’

ढकालले सुरक्षा निकायलाई पनि चेतावनी दिएका छन्। उनले लेखेका छन्, ‘नेपालको सुरक्षा निकाय अझै कति जनाको लास चाहिएको छ, हिसाब गर्दै गर्नु, हामी तयार छौँ।’













