हर्क र कुलमानको पक्षमा राष्ट्रपति निवास अगाडी नाराबाजी, नेपाली सेनाद्वारा एक्सन

२७ भाद्र २०८२, शुक्रबार १८:२२

काठमाडौं । अन्तरिम सरकार प्रमुख नियुक्तिको मागसहित शुक्रबार बिहान युवाहरूले राष्ट्रपति भवन शीतल निवास अगाडि नाराबाजी गरेका छन्। नाराबाजीका क्रममा उनीहरूले हर्क साम्पाङ र कुलमान घिसिङलाई अन्तरिम सरकार प्रमुख बनाउनुपर्ने आवाज उठाएका छन्।

यसअघि शुशीला कार्कीलाई बनाउने प्रस्ताव भएपनि ती युवाहरू निरन्तर विरोधमा रहेको देखिएको छ। आन्दोलनमा सहभागी ‘जेन जी’ समूहका युवाहरूले साम्पाङ र घिसिङको नाममा सशक्त नारा लगाएपछि सुरक्षाकर्मीहरू उच्च सतर्कतामा खटिएका थिए।

सडकमा बाक्लो संख्यामा खटिएका नेपाली सेनाले हतियारसहित सजगता अपनाएको देखिएको थियो। आन्दोलनकारी युवाहरूको चर्को नाराबाजीबीच सुरक्षाकर्मीहरूले राष्ट्रपति भवन वरपरको क्षेत्रमा कडा निगरानी बढाएका थिए।

शीतल निवास अगाडिको सडकमा नेपाली सेनाले सुरक्षा घेरा बनाएर तयारी अवस्थामा बसेको तस्वीरहरूमा देखिन्छ। आन्दोलन तीव्र बनेपछि सुरक्षाप्रहरीसँगै सेना पनि सक्रिय रुपमा परिचालन गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*