कार्की नेतृत्वको नयाँ सरकारलाई भारतद्वारा स्वागत

२८ भाद्र २०८२, शनिबार ०८:५०

काठमाडौं । युवाहरुको आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गठिन नयाँ अन्तरिम सरकारलाई छिमेकी मुलुक भारतले स्वागत गरेको छ ।

नव नियुक्त प्रधानमन्त्री कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत नेपालको भएको राजनीतिक परिवर्तनको स्वागत गरेको हो ।

हिजै राति भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थीरतालाई प्रवद्र्धन गर्न मद्दत गर्ने विश्वास छ ।’

भारत नेपालको सबैभन्दा निजकको छिमेकी राष्ट्र हो । नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने भारतीय विदेश मन्त्रालयको बिज्ञप्तिमा उल्लेख छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*